भ्रमण वर्षको १०० गन्तव्यमा कसरी छुट्यो बसन्तपुर दरबार स्क्वायर?
काठमाडौं माघ २६ : सन् २०२० का भ्रमण वर्षका लागि सरकारले ताकेको १०० गन्तव्यमा राजधानीमा सबैभन्दा बढी पर्यटकले भ्रमण गर्ने बसन्तपुर दरबार क्षेत्र परेको ....

काठमाडौं माघ २६ : सन् २०२० का भ्रमण वर्षका लागि सरकारले ताकेको १०० गन्तव्यमा राजधानीमा सबैभन्दा बढी पर्यटकले भ्रमण गर्ने बसन्तपुर दरबार क्षेत्र परेको छैन।
सय वर्षअघि हिप्पी स्पोर्टले चिनिने बसन्तपुर दरबार क्षेत्र नेपाली मौलिक कलाले भरिपूर्ण छ। तर सरकारको लापरवाहीका कारण भ्रमण वर्षका लागि तय गरेको एक सय गन्तव्यको सूचीमा बसन्तुपर क्षेत्र नपरेको हो। भ्रमण वर्ष २०२० सुरु भइसकेपछि सूचीमा दरबार क्षेत्र नभेटिएपछि काठमाडौं महानगरपालिकाले हतार-हतार सूची सच्चाउन माग गर्दै बसन्तपुर दरबार क्षेत्रलाई गन्तव्यको सूचीमा समावेश गर्न पत्र काटेको छ।
काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सूची सच्चाउनलाई महानगरले पत्र काटिसकेकाे बताए। ‘बसन्तपुर भ्रमण वर्षको गतव्यको रुपमा तोकिएको क्षेत्र हो तर महानगरले लेखाइमा त्रुटि भएकाले छुटेको हो’ ढंगोलले काठमाडौं प्रेससँग भने,‘महानगरको गल्तीलाई सुधार गरिएको छ। गतव्यको रुपमा घोषित गर्न महानगरले लिखित पत्र काटेर पर्यटन मन्त्रालयमा पठाइएको छ।’
विश्व सम्पदा सूचीमा परेको बसन्तपुर घरेलु र विदेशी दुवै पर्यटकको आकर्षक केन्द्र हो। विश्वसम्पदा सूचीमा परेको बसन्तपुर दरबार क्षेत्रलाई भ्रमण वर्षको गन्तव्य स्थलमा नपरेपछि चाैतर्फी विरोध भएको थियो। सरकारले छनोट गरेका एक सय स्थानहरुमा काठमाडौं जिल्लाबाट ७ वटा गन्तव्य स्थलको नाम समावेश छ। जसमध्ये पुशपतिनाथ, वौद्ध, स्वयम्भूनाथ, नारायणहिटी दरबार संग्रहालय, चन्द्रगिरि हिल्स, सुन्दरीजल र बूढानीलकण्ठ छन्।
पर्यटन मन्त्रालयलका प्रवक्ता घनश्याम उपाध्याय विश्व सम्पदा सूचीमा परेको बसन्तपुर मात्र नभई अन्य क्षेत्रपनि छुटेकाले सच्चाउने काम भइरहेको बताउँछन्। ‘महानगरपालिकाले ध्यान दिन नसकेका कारण छुटेको हो’ उपाध्यायले भने,‘उपत्यकाभित्रका अन्य स्थानहरु पनि छुटेको छ। छुटेको स्थलहरुलाई पुन: समेट्ने काम भइरहेको छ।’










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
