Kathmandu Press

सातौं प्रधानमन्त्री कप राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता असार २३ देखि काठमाडौंमा

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता असार २३ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो। प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन्।
सातौं प्रधानमन्त्री कप राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता असार २३ देखि काठमाडौंमा

काठमाडाैं, असार ११ : सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता असार २३ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो। प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन्।

जस अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लव, त्रिभुवन आर्मी क्लब,  एपिएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग वागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरि ८ क्लबको सहभागिता हुनेछन्।

त्यस्तै महिलातर्फ नेपाल प्रहरी, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिवल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहनेछ। प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन्।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले लिग आगामी बर्षदेखि बार्षिक कार्यक्रम अन्तर्गत नै चल्ने बताउनुभयो। उहाले उपत्यका बाहिरबाट आउन लागेका टिमहरुलाई एक लाख उपलव्ध गराउने जानकारी दिए।

त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५–३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५–१५ हजार प्राप्त गर्ने संघले जनाएको छ। प्रतियोगीताको अनुमानीत खर्च करिव ७५ लाख रहेको संघले जनाएको छ। 

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्