चार वर्षमा चार सय वटा सम्पदाको पुनर्निर्माण, दुई अर्ब ३९ करोड खर्च
काठमाडौं, माघ २६ : भूकम्पबाट क्षतिग्रस्त भएका चार सय वटा सम्पदाको पुनर्निर्माणको काम सकिएको छ।&nb....

काठमाडौं, माघ २६ : भूकम्पबाट क्षतिग्रस्त भएका चार सय वटा सम्पदाको पुनर्निर्माणको काम सकिएको छ।
२०७२ साल वैशाख १२ को भूकम्पबाट क्षति पुगेका ९२० सम्पदामध्ये चार वर्षमा चार सय वटा सम्पदाको पुनर्निर्माणको काम सकिएको पुरातत्व विभागले जनाएको छ।
विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालु आर्थिक वर्ष २०७६-०७७ मा थप एक सय ५० वटा सम्पदा पुनर्निर्माणको काम सक्ने लक्ष्य रहेको बताए। उनले क्षतिग्रस्त सम्पदाको मौलिक स्वरुपलाई यथावत राखेर पुनःर्निमाण गरिरहेको बताए।
विभागले भूकम्पबाट क्षतिग्रस्त सम्पदामध्ये सात सय ३७ वटा सम्पदा पुनर्निर्माणको जिम्मा पाएको छ। बाँकी सम्पदा स्थानीय निकाय तथा अन्य संघसंस्थाको सहयोगमा पुनर्निर्माण गरिने छ।
चालु आर्थिक वर्षमा स्वीकृत भएका ३ सय ८९ वटा सम्पदामध्येमा १ सय ५० वटा सम्पदा पुनर्निर्माणको काम सकिनेछ भने दुई वर्षभित्रमा ३ सय ७० वटा सम्पदा पुनर्निर्माणको काम सक्ने योजना रहेको विभागका निमित्त महानिर्देशक गौतमले बताए।
सम्पदा पुनर्निर्माणमा ९ अर्व १८ करोड खर्च हुने
पुरातत्व विभागले ७ सय ३७ वटा सम्पदा पुनर्निर्माणका लागि ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार रुपैयाँ खर्च हुने जनाएको छ।
विभागका अनुसार चार सय वटा सम्पदा पुनर्निर्माणका लागि दुई अर्ब ३९ करोड ८१ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ। बाँकी सम्पदा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७७-०७८ मा १ अर्ब ८१ करोड २ लाख ८० हजार र २०७८-०७९ मा १ अर्ब ८१ करोड २ लाख ८० हजार रुपैयाँ गरी तीन अर्ब ६२ करोड ५ लाख ६० हजार रुपैयाँ बजेट आवश्यक पर्नेछ।
सम्पदा पुनर्निर्माणमा पशुपति क्षेत्र विकास कोष, भारतीय अनुदान, एडीबी, चीन सरकार, जापान सरकार, श्रींलका सरकार, युनेस्को र केभीपिटीले सहयोग गरिरहेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा पशुपति क्षेत्र विकास कोषले ६२ सम्पदामध्ये हालसम्म ३५ वटा सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेको छ।
काठमाडौं उपत्यकाभित्रका सात वटा विश्व सम्पदा क्षेत्रमा क्षति भएका एक सय ७० वटा सम्पदामध्येमा हालसम्म एक सय एक वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ। चालु आर्थिक वर्षमा ५४ वटा सम्पदा पुनर्निर्माणको काम सकिने छ।
काठमाडौं, ललितपुर र भक्तपुरमा क्षतिग्रस्त ५ सय ४० वटा सम्पदामध्ये हालसम्म एक सय ६९ वटा सम्पदाको पुनर्निर्माणको काम सकिएको छ। चालु आर्थिक वर्षमा २ सय ५३ वटा सम्पदाको पुनर्निर्माण सकिने छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
