Kathmandu Press

बालुवाटार जग्गा प्रकरण : १७५ अभियुक्तका नाममा म्याद तामेल गर्दै विशेष अदालत

काठमाडौं, माघ २६ : बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेर व्यक्तिका नाममा बनाएको अभियोगमा मुद्दा दायर गरिएका १७५ अभियुक्तका नाममा विषेश....

बालुवाटार जग्गा प्रकरण : १७५ अभियुक्तका नाममा म्याद तामेल गर्दै विशेष अदालत
फाइल

काठमाडौं, माघ २६ : बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेर व्यक्तिका नाममा बनाएको अभियोगमा मुद्दा दायर गरिएका १७५ अभियुक्तका नाममा विषेश अदालतले म्याद तामेल गर्ने तयारी गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

अख्तियारले प्रतिवादी कायम गरी विषेश अदालतमा दायर गरिएका ६५ घरधनी र ११० जना सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याएका अभियुक्तहरुको नाममा म्याद पठाउने छ। विषेश अदालतका प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार आज र भोलिसम्ममा म्याद तामेलका लागि पठाइने छ।

उनले भने,‘तथ्यांक तयार पार्दैछौँ, आज वा भोलिसम्ममा १५ दिनको म्याद दिएर म्याद तामेलका लागि पठाउँछौँ।’ अख्तियारले ६५ घरधनीले घरजग्गा सरकारका नाममा दिन नमानेपछि सो सम्पत्ति फिर्ता गरिनुपर्ने मागसहित विषेश अदालतमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

अख्तियारले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले आ–आफ्नो नाममा भएका जग्गा सरकारलाई फिर्ता दिने भनेपछि मुद्दा खेप्नु परेको थिएन। अहिले पौडेल र रेग्मीलाई अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर नगरेपछि ‘अख्तियार संवैधानिक अंग नभई सरकारको लाचार छायाँ’ भएको भन्दै विरोध पनि भइरहेको छ। यसका साथै मन्त्रीका हैसियतले कांग्रेसका उपसभापति विजय गच्छदारले भ्रष्टाचारको मुद्दा खेप्दा तत्कालीन प्रधानमन्त्री नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुद्दा खेप्नु नपरेपछि पनि विरोध भइरहेको छ।

पौडेलको नाममा कित्ता नम्बर ३०९ र ३११ को जग्गा दर्ता थियो भने सर्वोच्च अदालतका न्यायाधीश रेग्मीको नाममा कित्ता नम्बर ५११ को जग्गा थियो।

क-कसको नाममा म्याद तामेल हुन्छ?

तत्कालीन मन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरु डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियार पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी, सहसचिवहरु तेजराज पाण्डे र जीतबहादुर थापा, उपसचिवहरु हुपेन्द्रमणि केसी, विनोदकुमार गौतम, लक्ष्मीनारायण उप्रेती, प्रमुुख मालपोत अधिकृत कलाधर देउजा रहेका छन्।

त्यस्तै, भूमिसुधार पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्य, मालपोत अधिकृत सुरेन्द्रमान कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, खरिदार युक्तप्रसाद श्रेष्ठ, महानिर्देशक रुद्रकुमार श्रेष्ठ, निर्देशक, पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे, नायब सुब्बा टीकाबहादुर बिसी, खरिदार जीवनाथ पोखरेल, नायब सुब्बा अर्जुन भण्डारी, नापी अधिकृत मोहम्मद साबिर हुसैन, नायब सुब्बा श्रीहरि पुडासैनी, खरिदार श्यामकुमार क्षेत्री, मालपोत अधिकृतहरु हरिकृष्ण तिम्सिना र परशुराम पोखरेल, शाखा अधिकृत कृष्णप्रसाद पौडेल, नायब सुब्बाहरु प्रकाश नारायण भट्ट र टंकनाथ पौडेल, प्रमुख मालपोत अधिकृत प्रेमबहादुर खापुङ्ग, नायब सुब्बा अर्जुन खतिवडा, भूमिसुधार अधिकारी शंकरप्रसाद सुवेदी, नायब सुब्बाहरु अंगर सिग्देल, केदारप्रसाद श्रेष्ठ, नापी अधिकृत कमल घिमिरे, सर्भेक्षक देवबहादुर लामिछाने र अमिन भरतचन्द्र अर्यालविरुद्ध पनि म्याद तामेल हुनेछ।

यसैगरी, पूर्व नापी अधिकृत जनकबहादुर भण्डारी, इञ्जिनियर राजेन्द्रमान श्रेष्ठ, सिनियर डिभिजन इञ्जिनियर बालकृष्ण श्रेष्ठ, सुपरिटेण्डेण्ट इञ्जिनियर सुरोजराज राजकणिर्कार, महानिर्देशक अशोकनाथ उप्रेती, मुख्यअधिकृत हरिबोल आचार्य, वरिष्ठ सहायक रामेश्वर विडारी, गुठी प्रशासक सेमन्तराज चापागाइँ र सहायक प्रशासक तुलसी पोखरेल रहेका छन्। यस्तै, सहप्रशासक हेमराज सुवेदी, उपप्रशासक हरिप्रसाद जोशी, गुठी प्रशासक बलिरामप्रसाद तेली, कामु गुठी प्रशासक दिलिपकुमार भट्ट, सहायक नवराज पौडेल, सहायक प्रशासक शैलेन्द्र पौडेल, उपप्रशासक जयप्रसाद रेग्मी नायब सुब्बाहरु फणिन्द्रप्रसाद दाहाल र मणिकुमार राना, शाखा अधिकृत बद्रीबहादुर कार्की र पूर्वप्रमुख मालपोत अधिकृत दीनेशप्रसाद शर्मा रहेका छन्।

जग्गा धनी र मोही अभियुक्तहरु 

रुक्म शमशेर जबरा, हाटक शमशेर जबरा, हेमन शमशेर जबरा, सुनिति राणा, शैलजा राणा, हेमाद्री शमशेर जबरा, बिलबहादुर महर्जन, हर्ष महर्जन, डीएल डेभलपर्स प्रा.लि., माधवी सुवेदी, उमाकुमारी ढकाल्नी, श्रीकृष्ण महर्जन, चमेली श्रेष्ठ, कान्छा महर्जन, देवनारायण महर्जन, तीर्थमाया महर्जन, रेना गुरुङ्ग, बाबुराजा महर्जन, मचानानी महर्जना, ग्वाराभाइ महर्जन, द्वारिकामान महर्जन, रजनी पनेरु, बाबा कार्की, अगम ढुंगाना, खेमलाल खरेल, मीनबहादुर गुरुङ, लक्ष्मी ढकाल, तीर्थमाया महर्जन, देवरानायण महर्जन, मोहन महर्जन, सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन।

जग्गा नै कमिसन लिने अभियुक्त

शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ, इन्द्रबहादुर थापा क्षेत्री, शान्ति मल्ल प्रधानाङ्ग, मीठुदेवी चापागाईँ, सरस्वतीकुमारी श्रेष्ठ, निर्मलादेवी श्रेष्ठ, मोहनप्रसाद भट्टराई, बैकुण्ठ शर्मा रेग्मी, खीमादेवी आङ्बुहाङ्, शशीकला सुब्बा, विद्या पौडेल गौतम, सोदा कुमारी चापागाईं, भुवन कुमारी चापागाईं, उर्मिला शाह, रामनाथ घिमिरे र रामकल्याण अधिकारीविरुद्ध पनि म्याद तामेल हुनेछ।

घरजग्गा धनीहरु 

कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंसकार, गैरआवासीय नेपाली संघ, कामना गुरुङ, कल्याण गुरुङ, सजनकुमार चाचान, देवांन्क्षी गोयल, सरस्वती घले गुरुङ, सरला घले, मनोजकुमार केडिया, मनोजकुमार गौतम, मन्ती गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, अमिताम्भ तुलाधर, उमा प्रसाईं, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुविस्ता तुलाधर, अञ्जना तुलाधर, चन्द्रिका कंसाकार, सानुछोरी बज्राचार्य, सिपिका खेतान, सुष्मा बज्राचार्य, सन्ध्या शाक्य, संगिता राखेचा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल वंशल, सरिता मानन्धर, गीता गौतम, नितु गुरुङ, रीता ओझा, रत्नहिरा बज्राचार्य, प्रतिमा वैद्य प्रधान, प्रविण ताम्रकार, विजय ताम्राकार, माया शेर्पा, महेशराजा तुलाधर, द्वारिकादेवी श्रेष्ठ, इन्द्रदेव गुरुङ, इन्दु शर्मा, सन्दिप ढकाल, भवानी जोशी, भारती पाण्डे, विवेककुमार सुवेदी, केशव तुलाधर, अनिता देवी कंसाकार, ओमः विरमान ताम्रकार, अनिलमान ताम्रकार, गोविन्दलाल संघाई, गायत्री श्रेष्ठ, सानुकान्छा भन्ने पञ्च नारायण महर्जन, राधा सिग्देल आचार्य, मचाबाबु प्रजापति, रुपेसकुमार सुवेदी, सरोज ढकाल, पहलमान गुरुङ, पुरुषोत्तम पौडेल, प्रमोद शेरचन, कनक हर्बल, च्युतराज श्रेष्ठ, विजेन्द्र जोशी र द्वीलक्ष्मी श्रेष्ठका नाममा म्याद तामेल हुने अदालतले जनाएको छ।

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्