Kathmandu Press

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, माघ २६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

झण्डै पौने घण्टा ढिलो ....

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
फाइल

काठमाडौं, माघ २६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

झण्डै पौने घण्टा ढिलो सुरु भएको आइतबारको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए। सभामुख अग्नि सापकोटाले पटक पटक आसन ग्रहण गर्न आग्रह गरेपनि कांग्रेसका सांसदहरुले विरोध जनाइरहेपछि संसद बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।

ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य दोषीहरुलाई उन्मुक्ति दिएर आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्धमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै विरोध जनाउँदै आएको छ।

यसअघि यही विषयलाई लिएर कांग्रेसले माघ २३ र २४ गते सदन अवरुद्ध गरेको थियो। 
 

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्