Kathmandu Press

नेपाल उज्वेकिस्तानसँग पराजित

नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं, असार १०ः किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 
    
बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित गर्‍यो । 

प्रतियोगितामा नेपालको यो लगातार छैठौं हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मंगोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो ।

त्यसैगरी, नेपाल तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौं खेलमा आयोजक किर्गिस्तानको 'बी' टोलीसँग पराजित भएको थियो । 

प्रकाशित मिति: २०:४३ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्