Kathmandu Press

जलहरी जाँच्न पशुपतिका सबै ढोका बन्द 

अख्तियारको टोली पशुपति जाने भएपछि पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर जलहरी जाँच गर्न थालिएको हो।
जलहरी जाँच्न पशुपतिका सबै ढोका बन्द 

काठमाडौं, असार १० : पशुपतिको जलहरी जाँचका लागि मन्दिरका सबै ढोका बन्द गरी  खाली गराइएको छ। 

अख्तियारको टोली पशुपति जाने भएपछि पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर जलहरी जाँच गर्न थालिएको हो।

जलहरीमा घोटाला भएको उजुरीपछि अख्तियार टोली अख्तियार जाने भएपछि पशुपति खाली गरिएको हो। जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरिएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो। 

अख्तियारले जलहरीको तौल र गुणस्तर जाँच गर्ने छ। अहिले सुरक्षाका लागि पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ।
 

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्