Kathmandu Press

सार्सभन्दा कोरोना भाइरसको महामारीबाट धेरैको मृत्यु

काठमाडौं, माघ २६ : चीनमा फैलिएको कोरोना भाइरसबाट १७ वर्षअघि फैलिएको सार्सबाट भन्दा बढीले ज्यान गुमाएका छन्।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार....

सार्सभन्दा कोरोना भाइरसको महामारीबाट धेरैको मृत्यु

काठमाडौं, माघ २६ : चीनमा फैलिएको कोरोना भाइरसबाट १७ वर्षअघि फैलिएको सार्सबाट भन्दा बढीले ज्यान गुमाएका छन्।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार, कोरोना भाइरसबाट आठ सय ११ जनाको मृत्यु भएको छ। यसबाट चीन लगायत २७ देशमा ३७ हजार एक सय ९८ जना संक्रमित भएका छन्।

यसअघि सन् २००२ र २००३ मा चीनसहित विभिन्न देशमा सार्सको महामारी फैलिएको थियो। त्यसको तुलनामा कोरोना भाइरसले धेरैको ज्यान लिएको जनाएको छ। तथ्या‌ंक अनुसार त्यतिबेला सार्सबाट चीनलगायत संसारका विभिन्न देशमा सात सय ७४ जनाको मृत्यु भएको थियो। कोरोना भाइरसबाट भने एक महिनाको अवधिमै त्योभन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोना भाइरसबाट चीनमा मर्नेहरूको संख्या दिनदिनै बढिरहेको छ। शनिबार मात्रै ७९ जनाको मृत्यु भएको छ। चिकित्सकले भने कोरोना भाइरसले ज्यान लिने दर कम रहेको जनाएको छ। उनीहरुका अनुसार, चीनमा कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सबै स्रोतसाधनको उपयोग गरिएको र प्रयोगशालाहरुको प्रयोगमा पनि संवेदनशीलता अपनाइएको छ। त्यसै कारण पनि मानवीय क्षतिमा ह्रास आएको उनीहरुको भनाइ छ।

कोरोना भाइरसको महामारी फैलिएपछि विभिन्न देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन्। कोरोना भाइरसको उद्गम स्थल मानिएको वुहान शहरमा रहेका १८० जना नेपाली विद्यार्थीले पनि स्वदेश फर्किन निवेदन दिएका छन्। तर, सरकारले वास्ता गरेको छैन। उनीहरूले स्वदेश फर्किन निवेदन दिएको दुई साताभन्दा बढी बितिसक्दा पनि उद्धारको तयारी गरेको छैन।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्