साफ च्याम्पियनसिप फुटबल : भारतसँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो
बेङ्ग्लोरमा हिजो भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भयो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले समान एकरएक गोल गरे ।
काठमाडौं, असार १० : साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा घरेलु टोली भारतले नेपाललाई हराएको छ ।
बेङ्ग्लोरमा हिजो भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भयो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले समान एकरएक गोल गरे ।
नेपालले पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि भारतले दोस्रो हाफमा दुई गोल गर्यो ।
जितसँगै समूह ‘ए’ बाट भारत सेमिफाइनलमा पुगेको छ भने नेपाल बाहिरिएको छ । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ गोलले पराजित भएको थियो ।
आफ्नो अन्तिम खेलमा नेपालले पर्सि मङ्गलवार पाकिस्तानसँग खेल्नेछ ।
प्रकाशित मिति: ०८:१२ बजे, आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार