Kathmandu Press

सुपर सिक्समा पुग्न संघर्षरत नेपालले नेदरल्यान्ड्सलाई दियाे १६८ रनको मध्यम लक्ष्य

सुपर सिक्समा पुग्न निर्णायक मानिएको आजको खेलमा ब्याटिङ अपेक्षाकृत राम्रो नहुँदा नेपाल १६७ रनमा अल आउट हुन पुग्यो।   
सुपर सिक्समा पुग्न संघर्षरत नेपालले नेदरल्यान्ड्सलाई दियाे १६८ रनको मध्यम लक्ष्य

काठमाडौं, असार ९ : आइसिसी विश्वकप छनोट खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको मध्यम लक्ष्य दिएको छ।

सुपर सिक्समा पुग्न निर्णायक मानिएको आजको खेलमा ब्याटिङ अपेक्षाकृत राम्रो नहुँदा नेपाल १६७ रनमा अल आउट हुन पुग्यो।   

जिम्बावेको ताकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १६७ रनमा अल आउट भएको हो।

नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाए। अन्तिम खेलेका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए।

नेपालका लागि ओपनर आसिफ शेख सुरुवातमै शून्यमा आउट भए। कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए। नेदरल्यान्ड्स बलर विक्रमजित सिंहको १४औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एड्वार्ड्सबाट क्याच आउट भए।

कुशल र भीमले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा भान बिकबाट क्याच हुँदै पेभेलिएन गए। 

भीम सार्की ५६ बलमा १ चौकासहित २२ रनमा क्याच आउट भए। भीम स्पिनर क्लेटन फ्लोयडको अफ साइटको बलमा शरिज अहमदबाट क्याच आउट भएका थिए।

पाँचौं विकेटका लागि रोहित र कुशल मल्लले २५ रनको साझेदारी गरेका थिए। कुशल मल्ल स्पिनर आर्यन दत्तको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिड अनमा तेजा निडामानुरुले १२ रनमा उत्कृष्ट क्याच लिए। 

नेदरल्यान्ड्स लागि लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए। बास डे लिडल र विक्रमजित सिंहले समान २/२ विकेट लिए ।

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्