सुपर सिक्सका लागि जित्नैपर्ने दबाबमा रहेको नेपालको ७ विकेट गुम्दा १२३ रन
३१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भएका थिए।
काठमाडौं, असार ८ : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा पहिले ब्याटिङ गरिरहेको छ।
विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नैपर्ने दबाबमा परेको नेपालले लगातार विकेट गुमाएको छ। जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा भइरहेकाे खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा आउट भए। ३३.५ ओभरमा भान विकले उनलाई इडवार्डको हातबाट क्याच गराए।
उनी आउट हुँदा नेपालको स्कोर १२३ रन छ। उनीभन्दा अघि ३१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भएका थिए।
ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौं बलमा विक्रमजितको बलमा क्याच भए। आसिफ शेख तेस्रो शून्यमा भान विकको बलमा बोल्ड भए। यस्तै आरिफ शेख ६ रनमा विक्रमजितकै बलमा भान वीकबाट क्याच भए।
यस्तै भीम सार्की १९औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर आउट भए।











