ओमानसँगको खेलमा नेपाल ब्याटिङ गर्दै
काठमाडौं, माघ २६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमानसँगको खेलमा नेपाल ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ने....

काठमाडौं, माघ २६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमानसँगको खेलमा नेपाल ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो। नेपालका लागि सुवाष खकुरेल र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका छन्।
नाैं ओभरको खेल सकिँदा नेपालले २२रन बनाएको छ। सुवाष १२ र ज्ञानेन्द्र १० रनमा खेलिरहेका छन्।
यस अघि माघ २२ गते भएको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो। आज दोस्रो खेलमा भने नेपालले राम्रो सुरुआत गरेको छ।
नेपाल, ओमान र अमेरिका सहभागी त्रिकोणात्मक श्रृंखलामा ओमानले दुई खेल जितेको छ भने नेपालले एक। अमेरिकाले भने नेपाल र ओमान दुवैसँग दुई खेल हारेको छ।
प्रकाशित मिति: १०:०६ बजे, आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
