नेकपा सचिवालयले कार्यदल सदस्यसँगै बसेर एकीकरण टुंगो लगाउँने
काठमाडौं, फागुन ६ : नेकपा सचिवालय बैठकले कार्यदलका सदस्यहरुसहित बसेर एकता प्रक्रिया टुंगो लगाउँने निष्कर्ष निकालेको छ ।
सोमबार प्रधानमन्त्री....
काठमाडौं, फागुन ६ : नेकपा सचिवालय बैठकले कार्यदलका सदस्यहरुसहित बसेर एकता प्रक्रिया टुंगो लगाउँने निष्कर्ष निकालेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलको कामकारवाहीका विषयमा छलफल भएको छ ।
नेकपाले संगठनात्मक एकता प्रक्रिया टुंगो लगाउँन रामबहादुर थापा ‘बादल’को नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । तर, कार्यदलका सदस्यबीचमै विवाद भएपछि सचिवालयको बैठक बोलाएर छलफल गरिएको हो ।
कार्यदलले दुई महिनासम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन् । अब कार्यदलका सदस्यहरुसँगै बसेर एकता प्रक्रिया टुंगो लगाउने नेकपा सचिवालय बैठकले निष्कर्ष निकालेको हो ।
बैठकमा केही सदस्यले कार्यदल विघटन गर्नु पर्ने जिकिर गरेका थिए । तर, त्यसो गर्दा स्थायी कमिटीको म्यान्डेट अवमूल्यन हुने सचिवालय बैठकले ठहर गरेको छ ।
अब नेकपा सचिवालयको अर्को बैठक फागुन ९ गने बस्ने छ । बैठकमा कार्यदलका सदस्यहरुसहित छलफल हुने जनाएको छ ।






