Kathmandu Press

आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ। सुपर सिक्समा स्थान बनाउनका लागि दुवै टोलीसामु आजको खेल जित्नैपर्ने दबाब छ। जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ।
आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

काठमाडाैं, असार ९ : आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। 

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ। सुपर सिक्समा स्थान बनाउनका लागि दुवै टोलीसामु आजको खेल जित्नैपर्ने दबाब छ। जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ। 

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो। नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो।

यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। नेपाललाई आजको खेलमा पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ। हालसम्म नेपाल र नेदरल्यान्डबीच दुई एकदिवसीय खेल भएका छन्। दुवैले एक÷एक खेलमा जित हासिल गरेका छन्।  

नेपाली टोलीमा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन्। 

प्रकाशित मिति: १४:०२ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्