Kathmandu Press

एकदिवसीय विश्वकप क्रिकेट छनोट : आज नेपालले नेदरल्याण्ड्सको सामना गर्ने 

सुपर सिक्समा पुग्नको लागि नेपालले आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनैपर्नेछ । नेपालले आज नेदरल्याण्ड्सलाई हराएर मात्रै पुग्नेछैन, अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । समूह ए मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् ।
एकदिवसीय विश्वकप क्रिकेट छनोट : आज नेपालले नेदरल्याण्ड्सको सामना गर्ने 

काठमाडौं, असार ९ : एकदिवसीय विश्वकप क्रिकेट छनोटमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

सुपर सिक्समा पुग्नको लागि नेपालले आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनैपर्नेछ । नेपालले आज नेदरल्याण्ड्सलाई हराएर मात्रै पुग्नेछैन, अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । समूह ए मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् ।

नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ, ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छन् । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । आज नेदरल्याण्ड्ससँगको खेलको लागि नेपालले आज जिम्बावेमा पर्याप्त तयारी गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । 

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

प्रकाशित मिति: ०७:२१ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्