Kathmandu Press

सुशासन कायम राख्न सरकार प्रतिबद्ध छ, विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

काठमाडौं, माघ २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, &ldquo....

सुशासन कायम राख्न सरकार प्रतिबद्ध छ, विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

काठमाडौं, माघ २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।

”पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भने । उनले भने, “लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि भन्दै आएको हो, अहिले आएर कोही लड्यो त हामीले रामराम भन्ने हो ।” मन्त्री बाँस्कोटाले भने, “भ्रष्टाचार गर्नुभएन, जनताको सम्पत्ति कहीँकतैबाट दुरुपयोग नहोस् ।”

सुख र समृद्धि प्राप्त गर्न गर्भदेखि नै लगानी गर्न आवश्यक रहेकामा जोड दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भविष्यमा मानवजातिलाई पृथ्वीमा जीवन्त बनाइराख्ने र प्रकृतिरहेसम्म जोगाइराख्ने भावी सन्तति भएकाले बालपुस्तालाई सही दिशानिर्देश गर्ने काममा लाग्न आम अभिभावक सचेत बन्न आग्रह समेत गरे । उनले भने, “एउटा बालक राम्रो हुनुको अर्थ एउटा परिवार राम्रो हुनु हो, लाखौँ लाख बालबालिका राम्रो हुनुको अर्थ सिङ्गो देश राम्रो हुनु भएकाले लगानी बालबालिकाको लागि गर्न आवश्यक छ ।”

मन्त्री बाँस्कोटाले उत्पादनमा आम नागरिकलाई लाग्न आग्रह गर्दै कृषि उत्पादन, पर्यटन, पूर्वाधार र ऊर्जालगायतका क्षेत्रमा व्यापक काम गरिरहेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले विकासको पहिलो फड्को सडकबाट शुरु गरेको उल्लेख गर्दै  ग्वार्को–शङ्खु दाहालटार र  दाहालटार–कटुञ्जे चौकीडाँडा सडकखण्ड निर्माण अगाडि बढेको जानकारी दिए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले जिल्लाका १३५ वडामध्ये पाँचौँ नम्बरमा पर्न सफल भएको भन्दै वडा र नगरले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न राम्रो काम गरेको हुँदा अगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । उक्त अवसरमा  मन्त्री बाँस्कोटाले सो नगरपालिका वडा नं १ लाई बालमैत्री भएको उद्घोष गरे । 
 
 

प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्