Kathmandu Press

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ सय ३ पुग्यो

काठमाडौं, माघ २६ : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र  ८ सय ३ र चीन बाहिर २ जना गरी ८ सय ५ जनाको जनाको ज्यान गइसकेको बीबीसी....

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ सय ३ पुग्यो

काठमाडौं, माघ २६ : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र  ८ सय ३ र चीन बाहिर २ जना गरी ८ सय ५ जनाको जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

विभिन्न २८ देशमा फैलिसकेको कोरोनाबाट ३४ हजार ८ सयमा संक्रमण भएको छ । अहिलेसम्म १५४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका बीबीसीले जनाएको छ ।  कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्सको कारण ज्यान गुमाउनेको संख्या भन्दा धेरै भएको छ ।

सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए । विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ । डब्लूएचओ का महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ०७:३५ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्