Kathmandu Press

कानुन व्यवशायी परिषदको चुनावमा नेकपा र कांग्रेस निकटको मिश्रित परिणाम

काठमाडौं, माघ २५ : नेपाल कानुन व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशबाट प्रगतिशील समूहका वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञव....

कानुन व्यवशायी परिषदको चुनावमा नेकपा र कांग्रेस निकटको मिश्रित परिणाम

काठमाडौं, माघ २५ : नेपाल कानुन व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशबाट प्रगतिशील समूहका वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका छन्। 

ज्ञवालीले १ हजार ९ सय २० मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका प्रा. गुणनिधि न्यौपानेले १ हजार ५ सय ३५ मत ल्याएका थिए। 

त्यस्तै अन्य ६ वटा प्रदेश मध्ये प्रदेश १ बाट प्रेमप्रसाद पोखरेल, प्रदेश २ बाट श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल, प्रदेश ५ बाट बाबुराम पाण्डे, कर्णाली प्रदेशबाट रामबाबु बिसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाश बहादुर पाण्डेय विजयी भएको निर्वाचन समितिले जनाएको छ।

 प्रदेश २, गण्डकी र ५ नम्वर प्रदेशमा कांग्रेस निकट कानुन व्यवसायीले जितेका छन् भने भने बाँकी नेकपा निकट कानुन व्यवसायीले जितेका हुन् ।

आज भएको निर्वाचनमा देशभर २५ निर्वाचन केन्द्रबाट करीब १० हजार वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गरेका थिए ।

प्रत्येक प्रदेशबाट एकएक जना पार्षदका लागि प्रदेश १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु बिसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति: २२:०६ बजे, शनिबार, माघ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्