Kathmandu Press

फिनल्यान्डमा आमा र बुवालाई बराबर सुत्केरी विदा

फिनल्यान्डको नयाँ सरकारले आमा र बुवा दुवै जनालाई अभिभावकत्वका लागि समान विदा दिने घोषणा गरेको छ। 

सन्तानले बुवासँग धेरैभन्दा धेरै समय बिताउन पाउन् भनेर ....

फिनल्यान्डमा आमा र बुवालाई बराबर सुत्केरी विदा
फाइल

फिनल्यान्डको नयाँ सरकारले आमा र बुवा दुवै जनालाई अभिभावकत्वका लागि समान विदा दिने घोषणा गरेको छ। 

सन्तानले बुवासँग धेरैभन्दा धेरै समय बिताउन पाउन् भनेर यस्तो गरिएको हो।तलबी भत्ता संयुक्त रूपमा १४ महिनासम्म बढाइएको छ। यसको आधारमा प्रति अभिभावकले १६४ दिनको सुविधा पाउनेछन्।

छिमेकी देश स्वीडेनमा युरोपमा सन्तान जन्मिएपछि आमा र बुवा दुवैले २४० दिनको विदा पाउँछन्। फिनल्यान्डले साझा हित र लैङगिक समानता प्रवर्द्धन गर्न चाहेको बताएको छ।

Hardik ivf

स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री आइनो काइसो पेकोनेनले पारिवारिक हितको सुधार भएको र यसले प्रारम्भदेखि नै आमाबाबुको सम्बन्ध सुदृढ गर्ने बताए।

पितालाई विदा लिन जोड

फिनल्यान्डको वर्तमान प्रणाली अन्तर्गत ४.२ महिनाको सुत्केरी विदा पाइन्छ। सन्तान दुई वर्षको नभइन्जेल बुवालाई २.२ महिनाको विदा पाइन्छ। यसबाहेक थप ६ महिनाको अभिभावकत्व विदा पनि आलोपालो गरेर लिन मिल्ने व्यवस्था छ।

तर, औसतमा चारमध्ये एक जना पिताले मात्रै यस्तो विदा लिन्छन्। वर्तमान योजनाले अभिभावकत्वसम्बन्धी विदाको मात्रै कुरा गर्दछ।

प्रत्येक अभिभावकले ६.६ महिनाको विदा पाउनेछन्। गर्भवती महिलाले थप एक महिनाको सुविधा पाउँछन्। अभिभावकले आफ्नो कोटाको ६० दिन स्थानानान्तरण गर्न पनि पाउँछन्। एकल अभिभावकले दुवै सुविधा प्रयोग गर्न पाउँछन्।

प्रधानमन्त्री सान्ना मरिनले फिनल्यान्डमा लैङ्गिक समानचता पूर्ण रूपमा हासिल गर्न अझै बाँकी रहेको बताइन्। कलिला सन्तानसँग थोरै पिताले मात्रै समय बिताएको उनको गुनासो छ।

बाँकी युरोप पनि अगाडि बढ्दै

ओस्लो विश्वविद्यालयकी प्राध्यापक एन्न लिस एलिङ्सेटरले आमालाई दिन नमिल्ने सुविधा बुवालाई दिने सवालमा नोर्डिक देश अग्रणी रहेको बताइन्। 

युरोपेल संघ पनि त्यही मार्गमा अघि बढिरहेको छ। सदस्य राष्ट्रलाई प्रत्येक अभिभावकलाई कम्तिमा चार महिनाको विदा र सार्न नमिल्ने थप दुई महिनाको विदाको व्यवस्था मिलाउन संघले सन् २०१९ मा निर्देशन दिएको छ।

पोर्चुगलमा “जेन्डर न्युट्रल” प्रणाली छ। त्यहाँ १२० दिनसम्म पूरै पारिश्रमिक र थप ३० दिन वैकल्पिक विदासहित ८० प्रतिशत पारिश्रमिक दिइन्छ। बुवाहरूलाई दिइने अधिकार नोर्डिक देशमा पूर्ण रूपमा सफल नभएको प्राध्यापकले बताइन्।

“सन् १९९३ मा बुवालाई सार्न नमिल्ने विदा दिने नर्वे पहिलो देश बन्यो। त्यसपछि स्वीडेनले पनि उस्तै व्यवस्था ल्यायो। तर डेनमार्कले सन् १९९८ मा बुवाको कोटा स्थापना गर्यो  र पछि हटायो। त्यसपछि फेरि ल्याइएको छैन,” उनले भनिन्।

डेनमार्कमा बच्चा जन्मिएपछि बुवाहरूले दुई साताको विदा पाउँछन्। त्यसपछि ३२ सातासम्म आमा र बुवालाई आलोपालो विदा पाउँछन्।

डिसेम्बर यता फिनल्यान्डमा पाँद दलीय गठबन्धनको सरकार छ जसको नेतृत्व एक महिलाको हातमा छ। महिला शक्तिमा आउनु फिनल्यान्डमा कुनै ठूलो विषय नभएको ३४ वर्षीय मरिनले बताइन्।

नयाँ व्यवस्थाका लागि दश करोड युरो खर्च हुने सरकारको अनुमान छ। परिवारमैत्री नीति अवलम्बन गरेकोमा पोहोर साल युनिसेफले स्वीडेन, नर्वे, आइसल्यान्ड, इस्टोनिया र पोर्चुगलको प्रशंसा गरेको थियो।

प्रतिवेदनमा ३१ वटा धनी देशमा संयुक्त अधिराज्य, आयरल्यान्ड, ग्रिस,साइप्रस र स्विजरल्यान्डमा अन्तिम स्थानमा राखेको थियो।
 

प्रकाशित मिति: ०६:३१ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्