भीम सार्की २ रनमै आउट भए

काठमाडौं, असार ७ : आइसिसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालको दुई विकेट झरिसकेको छ।
जिम्बाबेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा ३४० रनको विशाल लक्ष्य पछ्याएकाे नेपालका भीम सार्की २ रन बनाउँदै दोस्रो विकेटका रुपमा आउट भए। ४.२ ओभरमा सार्की आउट भए। उनी आउट हुँदा नेपालको स्कोर २३ रन छ।
सुरूमा कुशल मल्ललाई ५ रनमा बोल्ड गरेका जोसेप होल्डरले भीम भीमलाई विकेट किपर साई होपको हातबाट क्याट आउट गराएका हुन्। भीम आउट भएपछि कप्तान रोहित पाैडेल ब्याटिङमा आएका छन् ।
प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











