Kathmandu Press

ललिता निवास जग्गा प्रकरणका दोषीले उन्मुक्ति पाउनहुन्न : थापा

काठमाडौं, माघ २५ : राप्रपा अध्यक्ष कमल थापाले ललिता निवासको जग्गा हिनामिना प्रकरणका दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। 

शनिबा....

ललिता निवास जग्गा प्रकरणका दोषीले उन्मुक्ति पाउनहुन्न : थापा
फाइल

काठमाडौं, माघ २५ : राप्रपा अध्यक्ष कमल थापाले ललिता निवासको जग्गा हिनामिना प्रकरणका दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले ललिता निवासको जग्गा हिनामिना प्रकरणका दोषी कोही छुटेको भए उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका हुन्। 

मुद्दा दायर गर्दा राजनीतिक आग्रह र पूर्वाग्रह तथा प्रतिशोध साँधिएको भन्ने कुरा पनि आएको बताउँदै थापाले भने, ‘भ्रष्टाचारको मुद्दामा निर्दोष पर्नुहुँदैन्, अपराधीलाई उन्मुक्ति दिनुहुँदैन र उनीहरुले उन्मुक्ति पाउनु हुँदैन। अहिले यो विषय अदालतसम्म पुगेको छ। अदालत पनि अहिले अग्निपरीक्षामा छ।’ 

उनले कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउनु पर्ने बताए। 

ढिलै भएपनि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै उनले आफ्नो पार्टीले अख्तियारको कदमलाई सकारात्मक रुपमा लिएको बताए।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने बताए। उनले भने,‘आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्छ। यसले आफ्नो विश्वनीयता पनि कायम राख्नुपर्छ। ललिता निवास प्रकरणमा आयोगबाट प्रशंसनीय काम भएको छ।’

अध्यक्ष थापाले विगत केही वर्ष यता नेपालमा लोकतन्त्रको आवरणमा स्वच्छन्द ढंगले लुटतन्त्र चलिरहेको टिप्पणी गरे। 
 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, माघ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्