राष्ट्रपति भण्डारीद्वारा पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन
काठमाडौं, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी छिन्।
राष्ट्रपति ....

काठमाडौं, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी छिन्।
राष्ट्रपति भण्डारीले शनिबार बिहान पुनर्निर्माण भइरहेका रानीपोखरी, सुन्धरास्थित धरहरा क्षेत्र, बसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप मन्दिर र नौतले दरबारको अवलोकन गरेकी हुन्। उनले पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीस्थित दरबार हाइ स्कुलको पनि अवलोकन गरेकी थिइन्।
२०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाहरुको पुनर्निर्माण अवस्था अवलोकन र प्रगतिको प्रत्यक्ष जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको बताएकी थिइन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणलाई गति दिइएको र बाँकी काम समय तालिका बनाएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।











