सरकार राजनीतिक पूर्वाग्रह राखेर अघि बढ्यो : सिंह
भरतपुर, माघ २५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार राजनीतिक पूर्वाग्रहका साथ अघि बढेको आरोप लगाएका छन्।
चितवनको भरतपुर....

भरतपुर, माघ २५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार राजनीतिक पूर्वाग्रहका साथ अघि बढेको आरोप लगाएका छन्।
चितवनको भरतपुरमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै सिंहले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा राजनीतिक पूर्वाग्रहका साथ सरकारको इशारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको आरोप लगाएका हुन्।
उनले सरकारकै डिजाइनमा अख्तियारले ललिता निवासको जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई उन्मुक्ति दिएको बताए।
‘सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको छ,’उनले भने,‘मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारबाट प्रभावित भएर नेकपाका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको आरोप लगाए।
‘तत्कालीन मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतिकै दोषी छन्। उनीहरुलाई पनि कारवाही हुनुपर्ने माग कांग्रेसको हो, दोषीलाई उन्मुक्ति दिनुपर्छ भन्ने होइन,’ उनले भने।
अख्तियारले सरकारको इशारामा राजनीतिक पूर्वाग्रह राखेर भ्रष्टाचाको मुद्दा दायर गरेको र मुख्य दोषीलाई उन्मुक्ति दिएकाले त्यसको विरोधमा कांग्रेसले संसद अवरुद्ध पारेको सिंहको भनाइ थियो।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
