Kathmandu Press

वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो ५ ओभरमै लियो २ विकेट

वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो ५ ओभरमै लियो २ विकेट

जिम्बाब्वेमा जारी आइसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ५ ओभरमै वेस्ट इन्डिजको २ विकेट लिन सफल भएको छ ।

नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । आफ्नो स्पेलको तेस्रो बलमै उनले ४ बलमा १ रन बनाएका ओपनर कायल मायर्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराउँदै पभेलियनको बाटो देखाए । 

यस्तै, नेपालका लागि दोस्रो विकेट गुलसन झाले लिएका छन् । पाँचाैं ओभरको पहिलो बलमा गुलशनले जोनसन चार्ल्सलाइ डकआउट गरेका हुन् ।

अहिले ८ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले २ विकेट गुमाउँदै २४ रन बनाएर खेलिरहेको छ ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । यसअघि पहिलो खेलमा जिम्बाब्वेविरुद्ध पराजित भएको नेपालले दोस्रो खेलमा संयुक्त राज्य अमेरिकाविरुद्ध प्रभावशाली जित हात पारेको थियो ।

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्