Kathmandu Press

वेस्ट इन्डिजविरुद्ध नेपालका लागि करणले लिए पहिलो  विकेट

जिम्बाबेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन्।
वेस्ट इन्डिजविरुद्ध नेपालका लागि करणले लिए पहिलो  विकेट

काठमाडौं, असार ७ : आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो  विकेट लिएको छ।

जिम्बाबेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन्। नेपालका लागि दोस्रो ओभर बलिङमा आएका करणले दुई बल डट फाल्दै तेस्रो बलमा उनले विकेट लिएका हुन्। 

उनले वेस्ट इन्डिजका ओपनर केइले मायर्सलाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच आउट गरेका हुन्।टस जितेर फिल्डिङ रोजेपछि वेस्ट इिन्डजले ब्याटिङ गरिरहेको छ।

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्