बन्द रहेका सबै विमानस्थल सञ्चालनमा ल्याउँछाैँ : मन्त्री भट्टराई
भीमदत्तनगर, माघ २५ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरक....

भीमदत्तनगर, माघ २५ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताएका छन्।
भीमदत्तनगरपालिका कार्यालयले शनिबार बिहान आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिए।
मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिए। “तीनवटै तहको सरकारले साझदारी गरेर विमानस्थल पुनःनिर्माण गरी सञ्चालमा ल्याऔँ”, उनले भने, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ।”
उनले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताए। मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तरराष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। रासस










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
