Kathmandu Press

गोल्डेनगेट र ग्रान्ड स्पोर्टस् सेन्टर विजयी

ललितपुरको कुपण्डोल स्थित आयोजक पाटन कलेज फर प्रोफेसनल स्टडीजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेट कलेजले द इन्साईट भिजन कलेजलाई २१–१३ ले पराजित गर्‍यो । विजेता गोल्डेनगेटले ३० हजार तथा उपविजेता इन्साईट भिजनले १५ हजार नगद पुरस्कार हात पारे ।
गोल्डेनगेट र ग्रान्ड स्पोर्टस् सेन्टर विजयी

काठमाडौं, असार ७ : गोल्डेनगेट इन्टरनेशनल कलेज  र ग्रान्ड स्पोर्टस् सेन्टरले पीसीपीएस कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । गोल्डेनगेट ब्वाइज तर्फ च्याम्पियन बनेको हो  भने ग्रान्डले गर्ल्स तर्फको उपाधी जितेको हो ।  

ललितपुरको कुपण्डोल स्थित आयोजक पाटन कलेज फर प्रोफेसनल स्टडीजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेट कलेजले द इन्साईट भिजन कलेजलाई २१–१३ ले पराजित गर्‍यो । विजेता गोल्डेनगेटले ३० हजार तथा उपविजेता इन्साईट भिजनले १५ हजार नगद पुरस्कार हात पारे ।

गल्र्सको उपाधि भिडन्तमा ग्रान्डले बलर्स एकेडेमीलाई १०–६ ले हरायो । उपाधिसंगै ग्रान्डले १५ हजार नगद पुरस्कार पायो भने बलर्र्स एकेडेमीले १० हजारमा चित्त बुझाउनुपर्यो ।

विजेतालाई ललितपुर महानगपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्य, लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका पंकज जलन र पाटन कलेज फर प्रोफेसनल स्टडीजका चीफ अपरेटिङ अफिसर सुनन्द रेग्मी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।
 
प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्