अमेरिकाविरुद्ध विनोद भण्डारीले पनि बनाए अर्धशतक
काठमाडौं, माघ २५ : नेपाली क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले पनि अर्धशतक प्रहार गरेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ को शनि....

काठमाडौं, माघ २५ : नेपाली क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले पनि अर्धशतक प्रहार गरेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ को शनिबार अमेरिकाविरुद्धको खेलमा भण्डारीले पनि अर्धशतक प्रहार गरेका हुन्।
७९ बलको सामना गरेका विनोदले ६ चौका र एक छक्काको मदतमा ५९ रन जोडेका थिए। ओडीआई क्रिकेटमा विनोदको यो पहिलो अर्धशतक प्रहार हो।
यसअघि कान्छो उमेरमा डेब्यू खेलमै अर्धशतक प्रहार गर्दै नेपालकै कुशल मल्लले विश्व कीर्तिमानी बनाएका थिए। ५१ बलको सामना गर्दै तीन छक्का र चार चौका प्रहार गर्दै ५० रन जोडेका थिए।
प्रकाशित मिति: १३:३४ बजे, शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
