Kathmandu Press

आजदेखि साफ च्याम्पियनसिप, उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दै

कुवेत र लेबनानले पहिलो पटक आमन्त्रित टिमको रूपमा साफ खेल्न लागेका हुन् । साविकको उपविजेतासमेत रहेको नेपालले उद्घाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो ।
आजदेखि साफ च्याम्पियनसिप, उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दै

काठमाडौं, असार ६ : साफ च्याम्पियनसिपको १४ औँ संस्करण आज (मंगलबार) देखि भारतको बेंग्लोरमा हुँदै छ । पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न पौने चार बजेपछि सुरु हुनेछ ।

कुवेत र लेबनानले पहिलो पटक आमन्त्रित टिमको रूपमा साफ खेल्न लागेका हुन् । साविकको उपविजेतासमेत रहेको नेपालले उद्घाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो ।

प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले नेपालले छोटो समय तयारी गरेको भए पनि राम्रो प्रदर्शनको अपेक्षा राखे । 

कुवेत फिफा वरीयताको १ सय ४३ औँ स्थानमा छ । १ सय ७४ औँ स्थानको नेपालले कुवेतलाई कडा टक्कर दिन सक्ने अनुमान छ ।

नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ । पछिल्लो पटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४-१ ले पराजित गरेको थियो ।

नेपाल र कुवेतसँगै समूह ‘ए’मा आयोजक भारत र पाकिस्तानसमेत छन् । पाकिस्तान र भारतबीच राति पौने ८ बजे दोस्रो खेल हुनेछ ।

नेपालले भने अहिलेसम्म साफ जित्न सकेको छैन । माल्दिभ्समा सम्पन्न १३ औँ साफमा नेपाल पहिलो पटक फाइनल पुगे पनि उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।
 

प्रकाशित मिति: ०८:५० बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्