Kathmandu Press

काभा पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

काभा पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

काठमाडौं, असार ५ः किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाली पुरुष राष्ट्रिय भलिबल टिम इरानसँग पराजित भएको छ । यो जारी प्रतियोगितामा नेपालले बेहोरेको लगातार तेस्रो हार हो ।

नेपाल इरानसँग १६–२५, २२–२५, २२–२५ को सोझो सेटमा पराजित भएको हो ।

यसअघि नेपालले मंगोलिया र आयोजक टिम किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।

नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानकै अर्को टोली र आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्