सिन्धुपाल्चोकमा अज्ञात समूहद्वारा प्रहरी चाैकीमा आक्रमण, दुई प्रहरी घाइते
मेलम्ची, माघ २५ : सिन्धुपाल्चोकमा अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा आक्रमण गरेका छन्। आक्रमणबाट दुई प्रहरी घाइते भएका छन्।
मेलम्ची नगर....

मेलम्ची, माघ २५ : सिन्धुपाल्चोकमा अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा आक्रमण गरेका छन्। आक्रमणबाट दुई प्रहरी घाइते भएका छन्।
मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित चौकीमा मोटरसाइकलमा आएका १०-१२ समूहले गएराति आक्रमण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए।











