Kathmandu Press

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।
अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं, असार ५ : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। 

जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो। अमेरिकाका लागि सयन जंहागीरले अविजित १०० रन बनाए। एकदिवसीयमा पहिलो शतक प्रहार गरेका उनले ७९ बलमा १० चौका र ३ छक्का हाने।

बलिङमा नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए। केसीले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन खर्चिए। गुल्सनले १० ओभरमा ५२ रन, दीपेन्द्रले ५ ओभरमा १५ रन र ललितले १० ओभरमा २० रन खर्चिए।

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्