Kathmandu Press

चिनियाँ पर्यटन: विश्वयात्राको मुख्य इन्जिन

चीनको विदेशी पर्यटनमा वर्तमान स्वास्थ्य संकटले सन् २००२/२००३ को सार्स महामारी वा सन् २००९ को स्वाइन फ्लु संकटभन्दा गम्भीर प्रभाव पार्नेछ। त्यसकै एउटा महत्वपूर्ण कारण छ....

चिनियाँ पर्यटन: विश्वयात्राको मुख्य इन्जिन

चीनको विदेशी पर्यटनमा वर्तमान स्वास्थ्य संकटले सन् २००२/२००३ को सार्स महामारी वा सन् २००९ को स्वाइन फ्लु संकटभन्दा गम्भीर प्रभाव पार्नेछ। त्यसकै एउटा महत्वपूर्ण कारण छ- त्यतिबेलाको दाँजोमा अहिले चिनियाँहरू रमाइलोका लागि बढी विदेश यात्रा गर्छन्।

विश्व पर्यटनमा चीनको योगदान शीर्ष स्थानमा पर्छ। तर नोभेल कोरोनाभाइरस फैलिएपछि चिनियाँ अधिकारीले प्याकेज होलेडे स्थगित गरेका छन्। नागरिकलाई सकेसम्म विदेश यात्रा नगर्न पनि सल्लाह दिएका छन्।

चीन जाने र आउने व्यवसायिक उडान रद्द हुने र ती उडानमा गरिएको कडाइले पनि यात्रु संख्या घटाइरहेको छ। चिनियाँ पर्यटनको विश्वव्यापी भूमिकाबारे केही तथ्यहरू यहाँ प्रस्तुत गरिएका छन्।

Hardik ivf

चिनियाँ पर्यटक

मूलभूमि चीनको कुल जनसंख्या १.३ अर्ब छ। सन् २०१८ मा १५ करोड चिनियाँले विदेश यात्रा गरे। तर चीनको करिब दश प्रतिशत जनसंख्यासँग मात्रै राहदानी छ।

गन्तव्य

अधिकांश चिनियाँ पर्यटक हङकङ, मकाओ, ताइवान, थाइल्यान्ड, दक्षिण कोरिया र भियतनामजस्ता एसियाली मुलुक जान्छन्। त्योभन्दा टाढा युरोप, अमेरिका वा अष्ट्रेलिया पनि जान्छन्।  युरोपमा फ्रान्स उनीहरूको प्रिय गन्तव्य हो। सन् २०१८ मा २२ लाख चिनियाँ आगन्तुक फ्रान्स पुगेका थिए। त्यसपछि जर्मनी, इटाली र संयुक्त अधिराज्य चिनियाँ पर्यटकको प्रिय गन्तव्य भएको युरोपियन ट्राभल कमिसनले जनाएको छ।

फ्रान्सेली गन्तव्यहरूको प्रवर्द्धन गरिरहेको एटाउट फ्रान्स नामक एजेन्सीले पहिलो पटक युरोप यात्रा गर्ने अधिकांश चिनियाँ यात्रुले प्याकेज टुरका लागि थुप्रै देशको सूची बनाउने गरेको बताएको छ।

बढी खर्चालु

विदा मनाउन विदेश यात्रा गर्ने चिनियाँहरू अन्य देशका नागरिकभन्दा औसत बढी खर्च गर्छन्। एक जना चिनियाँले वर्षमा करिब एक हजार आठ सय ५० अमेरिकी डलर खर्च गर्छन्।  विश्व पर्यटन संघले जनाए अनुसार सन् २०१२ को प्रारम्भमै चिनियाँ पर्यटकले अमेरिकी र जर्मन नागरिकलाई खर्चको हिसाबमा पछि छाडेका थिए।

सन् २०१८ मा चिनियाँहरूले विदेश यात्रामा दुई खर्ब ७७ अर्ब अमेरिकी डलरभन्दा धेरै खर्चिएका थिए। युरोपमा ड्युटी फ्रि विक्रीमा चिनियाँ आगन्तुकले करिब ३० प्रतिशत खर्च गरेको तथ्याङ्क छ।

क्षति

वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले जनाए अनुसार सन् २००९ मा फैलिएको स्वाइन फ्लुको महामारीले विश्व पर्यटनमा ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुर्यावएको थियो। सन् २००२ र २००३ को सार्सले ३० अर्ब र ५० अर्ब अमेरिकी डलर क्षति पुर्‍या एको थियो।

काउन्सिलले जनाए अनुसार स्वास्थ्य संकटका कारण पर्यटनसँग आबद्ध चिनियाँ कम्पीले कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत कम योगदान पुर्या एको २८ लाखले रोजगार गुमाए।
 

प्रकाशित मिति: ०८:१९ बजे, शनिबार, माघ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्