Kathmandu Press

राम्रो काम नगरे जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट दिँदैनन् : प्रचण्ड

काठमाडाैं, माघ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जनताको मन जित्न राम्रो काम गर्नु पर्ने बताएका छन्।&n....

राम्रो काम नगरे जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट दिँदैनन् : प्रचण्ड
फाइल

काठमाडाैं, माघ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जनताको मन जित्न राम्रो काम गर्नु पर्ने बताएका छन्। 

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको शपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउने दुई-तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट नदिने बताएका हुन्।  उनले जताततै देखिएको निराशाले यहाँ केही ठीक नभइरहेको देखाएको बताए। 

“हामीले भन्न त भनेका छौँ भ्रष्टाचार गर्दैनौँ र गर्न पनि दिँदैनौँ, यो घोषणा आफैँमा राम्रो कुरा हुँदै हो। तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि सङ्घसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ‘ग्राफ’चाहि राम्रो आउँदैन,”उनले भने।

उनले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको पनि बताए। प्रचण्डले केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको स्पष्ट पारे।

उनले कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउनतर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताए।
 

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्