Kathmandu Press

गच्छदार सांसदबाट निलम्बित भइसके: संसद सचिवालय 

काठमाडौं, माघ २४ : संघीय संसद सचिवालयले नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार भ्रष्टाचारको मद्दा दायर भएकै दिनदेखि सांसद पदबाट स्वत: नि....

गच्छदार सांसदबाट निलम्बित भइसके: संसद सचिवालय 
फाइल

काठमाडौं, माघ २४ : संघीय संसद सचिवालयले नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार भ्रष्टाचारको मद्दा दायर भएकै दिनदेखि सांसद पदबाट स्वत: निलम्बित भएको जनाएको छ।

सचिवालयले शुक्रबार सूचना जारी गरेर गच्छदार पदबाट निलम्बित भएको जनाएको हो। ललिता निवासको सरकारी जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिरामिना गरेको आरोपमा आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेपछि गच्छदार सांसदबाट स्वतः निलम्बनमा परेका थिए। 

अख्तियारले संसद सचिवालयलाई बिहीबार गच्छदारमाथि दायर गरेको मुद्दाको जानकारी गराउँदै पत्रचार गरेको थियो। अख्तियारको पत्र प्राप्त भएसँगै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम गच्छदार सांसद पदबाट बिहीबारदेखि स्वतः निलम्बन भएको सचिवालयले जनाएको छ।

हेर्नुस् सचिवालयको सूचना :


 

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्