Kathmandu Press

भ्रष्टाचारीले उन्मुक्ति पाउँदैनन् : नेपाल

विराटनगर, माघ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन्।
 &....

भ्रष्टाचारीले उन्मुक्ति पाउँदैनन् : नेपाल
फाइल

विराटनगर, माघ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन्।
    
विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँगको भेटघाटमा उनले भ्रष्टाचारमा संलग्नले उन्मुक्ति नपाउने बताएका हुन्। 

एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै नेपालले यसका लागि छुट्टै एक कार्यदल बनेको र गहन अध्ययन गरिरहेको जानकारी दिए। इण्डोप्याफिक रणनीतिकै एउटा अङ्ग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै उनले एमसिसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने बताए।

वरिष्ठ नेता नेपालले नेपालसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन खोजेको बताए। उनले संयुक्त राज्य अमेरिकाले आफ्ना जिडिपीको केही अंश अल्पविकसित राष्ट्रलाई दिनु अधिकारभित्र पर्ने बताए।

उनले वैदेशिक ऋण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियानमा योजनाबद्ध ढङ्गले खर्च गर्नुपर्ने उल्लेख गर्दै सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए। 

नेता नेपालले सरकारले मुलुकलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै नेपालको वातावरण प्रदूषण न्यूनीकरणमा प्राप्त हुने वैदेशिक सहयोगलाई उचित ढङ्गले खर्च गर्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्