Kathmandu Press

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं, माघ २४ :  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

शुक्रबार एक बजे बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति ....

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
फाइल

काठमाडौं, माघ २४ :  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

शुक्रबार एक बजे बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले दायर गरेको मुद्दाको विरोध गर्दै अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो। तर, दोस्रो बैठक सञ्चालन गर्न कांग्रेससँग सहमति नभएपछि बैठक स्थगित भएको हो। 

सभामुख अग्नि सापकोटाले कांग्रेससँग सहमति गर्ने प्रयास गरेपछि सफल भएनन्। प्रतिनिधिसभाको अर्को बैठक आइतबार एक बजे बस्नेछ।


 

प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्