Kathmandu Press

जिम्बाबेविरूद्ध आसिफले बनाए अर्धशतक

एकदिवसीय क्रिकेटमा नवौं अर्धशतक प्रहार गर्ने क्रममा आसिफले २८औं ओभरमा टेन्डाई चतारालाई लागतार २ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे। उनले ८२ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन्।
जिम्बाबेविरूद्ध आसिफले बनाए अर्धशतक

काठमाडाैं, असार ३ : जिम्बाबेमा जारी आईसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बाबेविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालका अर्का ओपनर आसिफ सेखले पनि अर्धशतक प्रहार गरेका छन्।

एकदिवसीय क्रिकेटमा नवौं अर्धशतक प्रहार गर्ने क्रममा आसिफले २८औं ओभरमा टेन्डाई चतारालाई लागतार २ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे। उनले ८२ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन्।

ताजा अवस्थामा नेपालले २९ ओभरको समाप्तिमा विनाक्षति १५६ रन बनाएको छ। नेपालका लागि आक्रामक ब्याटिङ गरेका कुशल भुर्तेल ९२ रन बनाएर खेलिरहेका छन्। उनले ८७ बलमा १३ चौका र २ छक्का प्रहार गरेका छन्। यस्तै, आसिफले ८८ बलमा ६ चौका प्रहार गर्दै ५७ रन बनाएका छन्।
ध्चष्तभ तय ःबजभकज प्बचपष्
 
प्रकाशित मिति: १४:३५ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्