कुशल र आसिफको उत्कृष्ट ब्याटिङमा नेपालको सय पुरा
ओपनरद्वय कुलश भुर्तेल र आसिफ सेखले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि नेपालले विनाक्षति १ सय रन पुरा गरेको हो ।
काठमाडाैं, असार ३ : आईसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा जिम्बाबेविरुद्ध नेपालले १ सय रन पुरा गरेको छ। ओपनरद्वय कुलश भुर्तेल र आसिफ सेखले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि नेपालले विनाक्षति १ सय रन पुरा गरेको हो ।
टेस्ट राष्ट्र जिम्बाबेविरुद्ध पहिलो एकदिवसीय खेल खेलिरहेको नेपालले २२.५ ओभरमा १ सय रन पुरा गरेको हो । एकदिवसीय क्रिकेटमा तेस्रो पटक कुशल र आसिफले १ सय रनको साझेदारी गरेका हुन्।
जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेका नेपालले ताजा अवस्थामा २६ ओभरको समाप्तिमा विनाक्षति १२५ रन बनाएको छ।
नेपालका लागि कशुल भुर्तेशलले शतक बनाएर खेलिरहेका छन्। आक्रामक ब्याटिङ गरिरहेका उनले ७८ बलमा १० चौक २ छक्का प्रहार गर्दै ७६ रन बनाएका छन् । यस्तै, आसिफले ७८ बलमा ३ चौका मद्दतमा ४२ रन बनाएका छन्।
प्रकाशित मिति: १४:११ बजे, आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











