Kathmandu Press

जिम्बावेविरुद्ध कुशलको अर्धशतक

जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेका नेपालका लागि कुशलले ६३ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक बनाए।
जिम्बावेविरुद्ध कुशलको अर्धशतक
फाइल तस्बिर

काठमाडाैं, असार ३ : आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा जिम्बाबेविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेका नेपालका लागि कुशलले ६३ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक बनाए।

कुशलको अर्धशतक मद्दतमा जिम्बाबेविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको छ। ताजा अवस्थामा २१ ओभरको समाप्तिमा नेपालले विनाक्षति ८६ रन बनाएको छ। 

एकदिवसीय क्रिकेटमा पहिलो पटक जिम्बाबेको सामना गरिरएको नेपालका लागि अर्का ओपनर आसिफ खेल ३१ रनमा क्रिजमा छन्। उनले ६० बलमा २ चौका प्रहार गरेका छन्।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्