Kathmandu Press

जिम्बाबेले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
जिम्बाबेले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडाैं, असार ३ : एकदिवसीय विश्वकपको छनोटको पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेल्दैछ।

यद्यपी नेपालले जिम्बावेसँग पहिलोपटक भने खेल्न लागेको होइन। यसअघि नेपालले जिम्बावेविरुद्ध खेलेका दुई खेललाई एकदिवसीय मान्यता थिएन। दुवै खेलमा नेपाल पराजित भएको थियो।

यस्तै अघिल्लो साता जिम्बावे पुगेको नेपालले जिम्बाबेमा दुई अभ्यास खेल खेलेको थियो । जसमा नेपाल युएईसँग पराजित हुँदा ओमानलाई पराजित गरेको थियो ।

नेपाली टिम ः कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्