विद्यार्थी संगठनद्वारा उपकुलपतिको कार्यालय घेराउ
काठमाडौं, फागुन ६ : नेकपा समर्थित विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुपतिको कार्यालय घेराउ गरेका छन् ।
सोमबार अनेरास्ववियू र अने....

काठमाडौं, फागुन ६ : नेकपा समर्थित विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुपतिको कार्यालय घेराउ गरेका छन् ।
सोमबार अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले उपकुलपतिको कार्यालय घेराउ गरेका हुन् । स्वतन्त्र विद्यार्थी यूनियनको माग गर्दै उनीहरुले नाराबाजी समेत गरेका छन् ।
उनीहरुले तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।
यस अघि फागुन १४ मा स्ववियू निर्वाचन गर्ने तयारी गरिएको थियो । तर, विश्वविद्यालय तत्काल स्ववियू निर्वाचन नगर्ने जनाएको छ ।
प्रकाशित मिति: १२:४९ बजे, सोमबार, फागुन ६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार