Kathmandu Press

दुई किलोमिटर सडक पाँच वर्षमा पनि नबनेपछि बाँके खजुराका स्थानीय आन्दोलित

नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध गरेका हुन्।
दुई किलोमिटर सडक पाँच वर्षमा पनि नबनेपछि बाँके खजुराका स्थानीय आन्दोलित

बाँके, असार २ : करिब दुई किलोमिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरि अलपत्र पारेर राखेको भन्दै बाँके खजुराका स्थानीय आन्दोलित भएका छन्।

नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध गरेका हुन्।

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा खजुरा बजारका हरेक घरबाट एक सदस्य सडकमा निस्केर प्रदर्शन गरिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए। बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो।

उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो। निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्ष देखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन्।

ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ। 

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्