कोराना भाइरसबाट ६३९ को मृत्यु, ३१ हजारमा संक्रमण
काठमाडौं, माघ २४ : कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ। शुक्रबार बिहानसम्म ६ सय ३९ जनको मृत्यु भएको छ।
चीनको वुह....

काठमाडौं, माघ २४ : कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ। शुक्रबार बिहानसम्म ६ सय ३९ जनको मृत्यु भएको छ।
चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिएको डेढ महिना भएको छ। पछिल्लो दुई सातामा मृत्यु हुनेको संख्या अत्यधिक बढ्दै गएको छ। चीनमा ६ सय ३७ तथा फिलिपिन्स र हङकङमा दुई जनाको मृत्यु भएको हो।
त्यस्तै, शुक्रबारसम्म कोरोना भाइरस २५ देशमा फैलिएको परीक्षणमा देखिएको छ। विश्व स्वास्थ्य संघका अनुसार, ३१ हजार चार सय ७९ जनामा यसको संक्रमण देखिएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार, कोरोना भाइरसको संक्रमण फैलिने पहिलो पटक चेनावनी दिएका डाक्टरको पनि संक्रमणबाट मृत्यु भएको छ। ३४ वर्षीय डा.लि वानलिङ वुहानमै कार्यरत थिए।
उनको बारेमा यस अघि पनि मृत्यु भएको खबर आएको थियो। कोरोना भाइरसबाट संक्रमित भएका उनको बिहीबार मृत्यु भएको समाचार आएको थियो। तर, त्यही दिन उनी जीवितै रहेको जानकारी दिइएको थियो। शुक्रबार बिहान भने चिनियाँ कम्युनिष्ट पार्टीले प्रकाशन गर्ने पिपुल्स डेलीले उनको मृत्यु भएको समाचार प्रकाशन गरेको छ। वुहान अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको मृत्यु भएको जनाएको छ।
कोरोना भाइरसले महामारीको रुप लिएपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन्। भारत, श्रीलंका, जापान, सिंगापुर, अमेरिका, बेलायतलागयतका देशले आफ्ना नागरिकलाई फिर्ता लगेका हुन्। वुहान र आसपासको क्षेत्रमा रहेका १८० नेपाली नागरिकले पनि स्वदेश फर्किन निवेदन दिएका छन्। उनीहरूले निवेदन दिएको दुई साताभन्दा बढी भएको छ। तर, सरकारले अझै ल्याउन सकेको छैन।
शुक्रबारको छलफलमा उनीहरूलाई ल्याएर काठमाडौं र भक्तपुरका चार स्थानमा राख्ने तय भएको छ। तर, अझै उनीहरूलाई कहिले ल्याउने भन्ने एकीन भएको छैन।नेपाल फर्किन निवेदन दिएका विद्यार्थीका अभिभावकले शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर दबाब समेत दिएका छन्। उनीहरूले तत्काल आफ्ना छोराछोरीलाई स्वदेश फर्काउन माग गरेका छन्।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
