Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले आज पनि अवरोध गर्ने

काठमडाौं, माघ २४ : प्रनिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दै छ। आजको बैठकमा पनि कांग्रेसले अवरोध गर्ने भएको छ।

बालुवाटारको सरकारी जग्गा व्यक्....

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले आज पनि अवरोध गर्ने
फाइल फाेटाे

काठमडाौं, माघ २४ : प्रनिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दै छ। आजको बैठकमा पनि कांग्रेसले अवरोध गर्ने भएको छ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा खरिदबिक्री भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। राजनीतिक प्रतिरोधमा रुपमा मुद्दा दर्ता गरिएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेसले विरोध जनाएको थियो। कांग्रेसको विरोधका कारण बैठक चल्न सकेको थिएन। सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरेका थिए।

आजको बैठकमा पनि कांग्रेसले विरोध जनाउने भएको छ। शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विरोध गर्ने निर्णय गरेको हो। संसद अवरुद्ध गर्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।

एउटै मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको तथा सरकारी जग्गा खरिद गर्ने नेकपा महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता नगरिएको तर फरक पार्टीको भएकाले गच्छदारविरुद्ध मुद्दा दर्ता भएको कांग्रेसको ठहर छ।

 

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्