Kathmandu Press

वर्षाले खेल रोकिँदा इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो नेपाल

४ टिम सहभागी समूहमा नेपालले १ खेल मात्र खेल्न सक्यो। लगातार दुई वर्षले रद्द हुँदा नेपाल समूहमै रोकिन बाध्यो। शनिबार नेपालले आयोजक हङकङसँग खेल्न तालिका थियो।
वर्षाले खेल रोकिँदा इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो नेपाल

काठमाडाैं, असार २ : नेपाली महिला टिम एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। वर्षा बाधक बन्दा नेपालको सेमिफाइनल पुग्ने सम्भावना तुहियो।

४ टिम सहभागी समूहमा नेपालले १ खेल मात्र खेल्न सक्यो। लगातार दुई वर्षले रद्द हुँदा नेपाल समूहमै रोकिन बाध्यो। शनिबार नेपालले आयोजक हङकङसँग खेल्न तालिका थियो। तर, लागतार वर्षपछि खेल हुन नसक्दा दुवै १ अंक बाँड्न बाध्य भए। 

यसअघि नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँगको दोस्रो खेल पनि वर्षाका कारण रद्द भएको थियो। ए बाट भारत र पाकिस्तान सेमिफाइलनमा पुग्दा समान २ अंक जोडेको नेपाल र हङकङ प्रतियोगिताबाट बाहिरिए। शनिबार नै हुने भनिएको पाकिस्तान र भारतबीचको खेल पनि रद्द भएको थियो।

प्रतियोगितामा सिधै छनोट हुन नसकेको नेपाल थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने अवसर पाएको थियो । 

प्रतियोतिगामा समूह बीचबाट श्रीलंका र बंगलादेश सेमिफाइनल पुगेका छन्। सेमिफाइनल जुन १९मा हुने छ भने फाइनल जुन २१ मा हुनेछ।
 

प्रकाशित मिति: १३:४१ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्