Kathmandu Press

प्रहरी पक्राउ गर्न गएपछि तपस्वी रामबहादुर बमजन फरार

सिन्धुली, माघ २४ : तपस्वी रामबहादुर बमजनलाई पक्राउन गर्न लागिएको छ। बम्जनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोली उनको आश्रममा पुगेको छ....

प्रहरी पक्राउ गर्न गएपछि तपस्वी रामबहादुर बमजन फरार
फाइल फाेटाे

सिन्धुली, माघ २४ : तपस्वी रामबहादुर बमजनलाई पक्राउन गर्न लागिएको छ। बम्जनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोली उनको आश्रममा पुगेको छ। उनी भने भागेका छन्।

उनलाई आनी र अनुयायी वेपत्ता पारेको आरोप लागेको थियो। त्यसमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। बिहीबार जिल्ला अदालत, सर्लाहीले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

अदालतको अनुमति पाएपछि शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीको टोली उनको आश्रम रहेको सिन्धुलीस्थित जंगलमा पुगेको छ। तर, प्रहरी टोलीले उनलाई फेला पारेको छैन। उनको आश्रम पुगेका प्रहरी नायव उपरीक्षक खत्रीले बमजन नभेटिएको बताए। उनकाे आश्रममा पुगेकाे प्रहरी टाेलीले चार जना गुरुलाई नियन्त्रणमा लिएकाे छ। उनको खोजी भइरहेको उनको भनाइ छ।

तपस्वी बमजनले उनको आश्रममा रहेका आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप छ। सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रुम्बा, सुरेश आलेमगर र सञ्चमान बाइबालाई वेपत्ता पारेको परिवारजनको आरोप छ।सर्लाहीकी रिताका परिवारजनले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उनको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको हो।

 

प्रकाशित मिति: ११:१४ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्