Kathmandu Press

चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु

पोखरा, माघ २४ : चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु भएको छ।

गएराति पोखरा महानगरपालिका–३२ कोठेगाउँकी नौ वर्षीया पूजा विकलाई च....

चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु
फाइल फाेटाे

पोखरा, माघ २४ : चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु भएको छ।

गएराति पोखरा महानगरपालिका–३२ कोठेगाउँकी नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए।

उनी हराएपछि परिवारजन र स्थानीय वासिन्दाले खोजी गरेका थिए। गाउँभन्दा केहीपर जंगलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

 

प्रकाशित मिति: १०:४५ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्