Kathmandu Press

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, फागुन ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

पार्टी एकीकरणका विषयमा कार....

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, फागुन ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

पार्टी एकीकरणका विषयमा कार्यदलले ढिलाइ गरेपछि अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाँकेका हुन् । कार्यदलसहित बैठकमा पार्टी एकीकरण टुंग्याउने विषयमा छलफल भइरहेको जनाएको छ ।

आज बिहान शुरु भएको बैठकमा कार्यदलले तयार पारिरहेको प्रतिवेदनका विषयमा पछि छलफल भइरहेको छ ।

यसअघि आईतबार अध्यक्ष ओलीले कार्यदलका सदस्यसँग छलफल गरेका थिए । छलफलमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेल सहभागि थिए ।

नेकपा एकता प्रक्रिया माघभित्रै सक्ने तयारी थियो । तर, कार्यदलका सदस्यहरुबीच नै विवाद भएपछि लम्बिएको हो ।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, फागुन ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्