Kathmandu Press

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

बिहबिार फिलिपिन्सस्थित रिजल मेमोरियल स्टेडियममा भएको खेलमा नेपाली टिम घरेलु टोलीसँग १–०ले पराजित भयो।
मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडाैं, जेठ ३२ : आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि खेरिहेको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। बिहबिार फिलिपिन्सस्थित रिजल मेमोरियल स्टेडियममा भएको खेलमा नेपाली टिम घरेलु टोलीसँग १–०ले पराजित भयो।

पहिलो हाफा गोलरहित बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा फिलिपिन्सले अग्रता लिएको थियो । उसका लागि जाभियर गयासोले गोल गरेका थिए।

त्यसपछि नेपालमाथि निरन्तर दबाब बनाएपनि गोल हुन नसक्दा फिलिपिन्स १–०ले विजयी भयो।  खेलमा नेपालले पनि केही गोलका अवसर सिर्जना गरेको थियो । नेपालले केही उत्कृष्ट प्रहार फिलिपिन्सका गोलकिपरले बचाउ गरेका थिए।

नेपालले दोस्रो हाफको तुलनामा पहिलो हाफ राम्रो खेल प्रदर्शन गरेको थियो। बल पोसेजनमा निकै कमजोर देखिएको नेपालले पहिलो हाफमा काउन्टरमा फिलिपिन्सलाई दबाबमा राखेको थियो। खेलमा नेपाली डिफेन्डर त्यसमा पनि रोहित चन्दले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल खानबाट बचेको थियो।

७० प्रतिशत बल पोजेसन बनाएको फिलिपिन्सले नेपालको पोस्टमा १७ सट प्रहार गरेकोमा ९ सट फ्रेममा थियो । यता नेपालले ८ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो ।

नेपाली टिम शुक्रबार फिलिपिन्सबाटै साफ च्याम्पियनसिपका लागि भारत जाने छ।

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्